डिभिजन वन रुकुम पुर्वद्धारा तीजको अवसरमा भोलि ‘वनसंग सेलिब्रेटी’ कार्यक्रम आयोजना

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
डिभिजन वन कार्यालय रुकुम पुर्वको आयोजनामा हरितालिका तीजको अवसरमा वनसंग सेलिब्रेटी कार्यक्रम हुने भएको छ । जनचेतना जगाउने उद्देश्यले हरितालिका तीजको अवसरमा भदौ १४ गते (भोलि) जिल्ला प्रहरी कार्यालय रुकुम पुर्व स्थित शिव मन्दिरको प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गरिएको डिभिजनल वन अधिकृत जितेन्द्र खड्काले जानकारी दिनुभयो ।

वन तथा वन्यजन्तु संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताईएको छ । हरितालिका तीजको मौलिक संस्कृतिको संरक्षण गर्दै मनोरञ्जनको माध्यमबाट सचेतना जगाई नागरिकलाई सुशुचित गाराईने डि.एफ.ओ. खड्काले बताउनुभयो ।

कार्यक्रममा कपिलवस्तुका राष्ट्रिय लोक तथा दोहोरी गायक पुर्ण चन्द्र परियारको नेतृत्वमा रहेको कलाकार टिमको वन संरक्षण तथा प्रवद्र्धन सम्बन्धी सचेतना सहित वेजोड प्रस्तुती रहनेछ । साथमा गायिका सम्झना रणपाल, गायक दिपक भण्डारी र गायिका मन्जु भट्राईको सांगीतिक प्रस्तुती रहने छ ।

डिभिजन वन कार्यालय रुकुम पुर्वले विगतमा दिनमा पनि वन तथा वन्यजन्तु संरक्षण र प्रवद्र्धनका लागि वृक्षरोपण, सामुदायिक वनलाई तालिम प्रदान, सञ्चारमाध्यम मार्फत सुचना प्रशारण तथा प्रकाशन, भित्ते लेखन तथा होर्डिङबोर्ड मार्फत सचेतना फैलाएको र अहिलेबाट यसको स्वरुप परिवर्तन गरिएको डि.एफ.ओ. खड्काले बताउनुभयो ।

 


प्रकाशित : २०७९ भाद्र १३, सोमबार १०:२९