
लुदअ, कपिलवस्तु
कपिलवस्तुको बाणगंगाका समाजसेवी एवम् शिक्षासेवी अरुण कुमार पाण्डेय दम्पत्तिले शनिदेवको मूर्ति सर्मपण गर्ने हुनुभएको छ । पाण्डेय दम्पत्तिले बाणगंगा २ पिपरा स्थित प्रकटेश्वर महादेव शिवालय पिपरामा शनिदेवको मूर्ति विधि विधानसहित पूजा आजा गरी भोली विहीबार सर्मपण गर्न लाग्नुभएको हो ।
नेपाल भारत मैत्री समाजका केन्द्रीय सचिव एवम् कपिलवस्तु प्राविधिक प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहनुभएका अरुण कुमार पाण्डेय र श्रीमती लता पाण्डेय दम्पत्तिले संयुक्त रुपमा मूर्ति प्रकटेश्वर महादेव पिपरालाई समर्पण गरेको बताउनुभयो ।
पाण्डेयले आफ्नो धर्मप्रति रुची भएको र यस क्षेत्रमा शनी देवको मूर्ति नभएकोले पूजा आजाका लागि सहजता होस भन्ने उद्देश्य सहित र धर्म भनेको जिव वा मानवको स्वभाविक गुण भएको आफ्नो बुझाई भएकाले शनिदेवको मूर्ति शिवालय मन्दिरमा समर्पर्ण गरेको बताउनुभयो । उहाँले विगतमा पनि यस्ता धार्मिक, सामाजिक र मानवी कार्यहरु गर्दै आउनुभएको छ ।
पाण्डेले सुपा देउराली बैजलपुर, दुर्गा मन्दिर कलौनीमा समेत दुर्गाको मूर्ति समर्पण गरि सक्नुभएको छ । मन्दिर समितिका कृष्ण मुरारी ज्ञवालीले शनिदेवको मूर्ति शिवालय मन्दिरलाई समर्पण गर्नु अत्यन्तै स्रहाहनीय र प्रंसशनीय कार्य भएको बताउनुभयो ।

