
लुदअ भदौ १५, काठमाण्डौ
काठमाण्डौको बुद्धनगरमा रहेको एक घरमा ६ तला माथिबाट खसेर दुई जनाको ज्यान गएको छ ।
छतबाट खस्दा एक बालक र एक बालिकाको ज्यान गएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ । छतबाट खसेर गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि सिभिल अस्पताल लगिएकोमा उपचारका क्रममा ज्यान गएको हो ।
घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

