
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाका विभिन्न विद्यालय, अस्पतालमा खुलेयाम सुर्ती तथा मदिराजन्य पदार्थ खुलेयाम विक्रि भईरहेकाले यस प्रति सिद्धिपुर युथ सोसाईटीको गम्भिर ध्यानाकर्षण भएको छ । बाणगंगाका नगर प्रमुख चक्रपाणि अर्याललाई एक ज्ञापन पत्र बुझाउदै यो समस्या न्युनिकरणका लागि तुरुन्त विशेष कदम चाल्न सिद्धिपुर युथ सोसाईटीले जोडदार माग गरेको सोसाईटीका अध्यक्ष सुवास पाण्डेले बताउनुभएको छ ।
ज्ञापन पत्रमा विभिन्न विद्यालय, अस्पतालमा खुलेयाम सुर्ती तथा मदिराजन्य पदार्थ खुलेयाम विक्रि भईरहेको हुंदा यसले उमेर नपुगेका स–साना बालवालिकाहरु कुलतमा फस्ने समस्या बढदै गईरहेको उल्लेख गरिएको छ । त्यस्तै बाणगंगाको अर्को ठुलो समस्या सडकमा छाडा पशुचौपायाहरु छाडिनु र व्यबस्थापन नहुनुले गर्दा दिनानुदिन सडक दुर्घट्ना बढ्नुका साथै यात्रा जोखिमयुक्त यात्रा भएकाले यस प्रति पनि सोसाईटिको गम्भिर ध्यानाकर्षण भएको बताउदै छाडा पशुचौपाया ब्यवस्थापन गर्न पनि माग गरिएको छ ।
यी बिषयहरुमा स्थानीय सरकार बेखबर रहदा हुने जाेखिमलाई नजरअन्दाज गर्न नसकिने भएकाले बाणगंगा नगरपालिकालाई ज्ञापन पत्र मार्फत गम्भिर ध्यानाकर्षण गराईएको छ ।
सिद्धिपुर युथ सोसाईटीका अध्यक्ष सुवास पाण्डे, सचिव शोभित क्षेत्री, कोषाध्यक्ष सीता मल्ल, सह सचिव सुरज बराल, सदस्य बलराम खनाल, सन्दिप क्षेत्री लगायतको टोलिले मेयर अर्याललाई ज्ञापन पत्र बुझाएको हो ।
विज्ञप्ति ग्रहण गर्दै बाणगंगाका नगर प्रमुख अर्यालले सम्बन्धित शाखामा दर्ता गरि कार्यपालिका बैठकमा छलफल गरि उचित निष्कर्षमा पुग्ने बताउनुभयो ।
विज्ञप्ति