
लुदअ, कपिलवस्तु
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकामा योगदान राष्ट्रको लागि शाखा कपिलवस्तु अन्तर्गत शुद्धोधन गाउँ पालिका स्तरीय समिति गठन भएको छ । योगदान राष्ट्रको लागि कपिलवस्तु शाखाको अध्यक्ष राम शब्द यादवको अध्यक्षता मा अध्यक्ष धर्मेन्द्र पासी, उपाध्यक्ष शेषमती मल्लाह, सचिव सन्तोष चौधरी, कोषाध्यक्ष सन्तोष कलवार, सदस्यहरु सन्दीप लोध, दुर्गेश यादव र राम प्रसाद हरिजन लगायत ७ सदस्यीय पालिका स्तरीय समिति गठन भएको हो।
प्रमुख अतिथि शुद्धोधन गाउँ पालिका अध्यक्ष कमलेश शरण चौधरीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा योगदान राष्ट्रको लागि कपिलवस्तु शाखाको सल्लाहकार प्रभुनाथ गुप्ता, सिद्धार्थ समाजिक विकास केन्द्र थिम लिडर राम रेखा बरुण, जन कल्याण युवा क्लब को अध्यक्ष पृथ्वीराज चौधरी, सल्लाहकार राकेश यादव, पतरिया युवा क्लबको सदस्य चन्द्रजीत कोरी, पत्रकार राज कुमार चमार र कार्यक्रम संचालक कपिलवस्तु शाखाका सह–सचिव रामु यादवको सञ्चालनमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा योगदान राष्ट्रको लागि शाखा कपिलवस्तुको कार्यक्रम संयोजक देवीराम कोहार, सह–संयोजक बिन्देसरी यादव, सचिव शिवा गुप्ता, सदस्य सम्झना र समाज सेवी युवाहरु लगायतको उपस्थिति रहेको थियो । सम्पूर्ण नव निर्वाचित प्रतिनिधिहरूलाई बधाई दिँदै गाउँपालिका अध्यक्ष चौधरीले यस योगदान राष्ट्र को लागि शाखा कपिलवस्तुले यस कपिलवस्तु जिल्ला अन्तर्गत रहेको सबै पालिकाहरुमा यसको कार्यसमिति बिस्तार गरि प्राथमिक उपचार सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने र स्थानीय निकाय तथा संघ संस्था सँग सामान्य सहकार्य गर्दै अगाडि बढ्ने संस्था को उदेश्य प्राप्तिका लागि अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनु भयो ।
उहाँ ले यस संस्था को जिम्मेवारी समाल्दै आउने दिनमा प्रथमिक उपचार र सरसफाइमा जोड दिने अध्यक्ष राम शब्द यादवले बताउनु भयो।

