आज, भोलि र पर्सि देशका धरै ठाउँको मौसम बदली हुने

[sharethis-inline-buttons]

लुदअ भदौ १९, काठमाण्डौ
देशका केही ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।

मनसुनी न्यून चापीय प्रणाली नेपालको पूर्वी क्षेत्र नजिकै रहेकाले मौसम बदली भइ धेरै ठाउँमा पानी परिरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आज, भोलि र पर्सि तीन दिन नै मौसम बदली भइ धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मनसुनी न्यून चापीय प्रणालीको असर पश्चिमी क्षेत्र कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने केही कम पर्ने मौसमविद्ले बताएका छन् ।

आज प्रदेश(१ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको मौसमविद् भट्टराईले बताउनुभयो ।

 


प्रकाशित : २०७९ भाद्र १९, आईतवार ०७:४८