२० वर्षमुनिको एसिया कप फुटबल छनोटमा नेपालले आज भुटानसँग खेल्दै

[sharethis-inline-buttons]

लुदअ भदौ २५, काठमाण्डौ
२० वर्षमुनिको एसिया कप फुटबल छनोटमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल बहराइनको शेख अली बिन मोहमद अल खालिफा स्टेडियममा राति पौने ९ बजे सुरु हुनेछ ।

भुटानसँगको खेलमा नेपाल केही सहज अवस्थामा छ । २० वर्षमुनिको नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेकोले एसिया कपमा छनोट हुने आशा राखेको बताएका छन् ।

नेपाल रहेको समूहमा भुटानसँगै कतार, बहराइन र बङ्ग्लादेश छन् । नेपालले सोमवार कतारसँग, विहीबार बहराइन र आउँदो हप्ताको आइतवार बङ्ग्लादेशसँग खेल्नेछ । समूह विजेता आउँदो वर्ष उज्वेकिस्तानमा हुने २० वर्षमुनिको एसिया कपमा छनोट हुनेछ ।

 


प्रकाशित : २०७९ भाद्र २५, शनिबार ०८:१२