लुदअ, कपिलवस्तु
इन्सेक, मानव अधिकार समुह, कपिलवस्तु नगरपालिकाको अध्यक्षमा पुष्पा रेग्मी चयन हुनु भएको छ । कपिलवस्तु नगरपालिकामा भदौ २५ गते भएको मानव अधिकार समुहको भेलाले रेग्मी अध्यक्ष पदमा सर्व सहमत चयन हुनु भएको हो । जसको उपाध्यक्षमा नूर मोहम्मद मुसलमान, सचिवमा कमलेश त्रिपाठी, सह सचिवमा सन्दिप हरिजन, कोषाध्यक्षमा सरिता कोरी चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा प्रेम प्रसाद थारु, प्रमोद कुमार चौधरी, रिता जिसी, संगिता चौरासिया, संगिता भुषाल, प्रेरणा बिष्ट, औरीराम चौरासिया लगाएत १५ सदस्यीय चयन हुनु भएको हो । सो भेलाबाट पशुपतिमणी त्रिपाठीको संयोजकत्वमा ३ सदस्सिय सल्लाहकार समिति चयन गरिएको छ । जसको सदस्यमा भोला प्रसाद बिश्वकर्मा र बसन्ती कुमारी सिंह रहनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा कपिलवस्तु नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रविन्द्र प्रसाद तिवारीले समाज परिवर्तनका लागि मानव अधिकारकर्मीहरुको अमह भूमिका भएको बताउनु भयो । समाज परिवर्तन गर्न शिक्षाको आवश्यकता भएको हुँदा ग्रामिण क्षेत्रमा बसोवास गर्ने नागरिकहरुले आफ्नो अधिकारको बिषयमा जान्न, बुझ्न समेत नसकेको हुँदा त्यस्ता समूदायमा मानव अधिकारकर्मी पुग्न आवश्यक भएको बताउनु भयो । गठित मानव अधिकार समूहले स्थानिय तहमा हुने लैंगिक हिंसा, बालश्रम शोषण, गुणस्तरीय खाद्य, शिक्षा र वातावरणीय क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रमका बिशिष्ट अतिथी वडा नं. ३ का वडा सदस्य तथा कार्यपालिका सदस्य चन्दा कुर्माीले नव निर्वाचित मानव अधिकार समूहका पदाधिकारीहरुलाई शुभकामना दिंदै मानव अधिकारकर्मीहरुको अभियानमा नगरपालिकाको पूर्ण सहयोग रहने बताउनु भयो ।
यस्तै कार्यक्रममा जेष्ठ नागरिक संघका उपाध्यक्ष पशुपतिमणी त्रिपाठीले यस नगरपालिकामा इन्सेकको समन्वयमा गठन भएको मानव अधिकार समूहले होटल तथा रेष्टुरेन्टहरुमा कामगर्ने बालबालिकाको श्रमशोषणको बिषयमा ध्यान दिन आग्रह गर्दै समूहका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले बोल्दै मानव अधिकाकर्मीहरुले अधिकारको क्षेत्रमा काम गर्दै गर्दा कर्तव्यको समेत पालना गर्नुपर्नेमा जोडदिनु भएको थियो । समुहका नव निर्वाचित अध्यक्ष पुष्पा रेग्मीले आफ्नो कार्यकालमा स्थानिय तह र सरोकारवालासँग समन्वय र सहकार्य गर्दे मानव अधिकार समूहलाई प्रशंसनिय कार्यहरु सहित अगाडी बढाउने प्रतिवद्धता जनाउनु भयो ।
मानव अधिकार समूह भेला तथा गठनमा, लुम्बिनी अपांग उत्थान समाजका अध्यक्ष, माहुरी होमका प्रतिनिधी, शिक्षक कस्तुरा सिग्देल, नव जिवन संस्थाका प्रतिनिधी, काउन्सिलर, महिला स्वास्थ्य स्वयंम सेविका, एलायन्सका प्रतिनिधी पत्रकार लगाएतका अतिथीहरुको सहभागिता रहेको कार्यक्रममा इन्सेक सहजकर्ता, प्रतिनिधी पार्वती आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा गठन भएकोे मानव अधिकार समुहले शिक्षा, स्वास्थ्य, महिला र बालअधिकार उल्लङ्घन, जातीय विभेद, महिलामाथि हुने हिंसा र वातावरणीय अधिकारको सवालको क्षेत्रमा काम गर्ने छ ।