वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता तालिम शुभारम्भ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
निर्बाह मुखी खेतिप्रणाली लाई ब्यबसायीक मूखि बनाउने एवं बचत र ऋण व्यवस्थापनका माध्यमबाट जिवनस्तर परिवर्तनमा टेवा पुग्ने उद्धेश्यका साथ श्री सूर्य बहुउद्देश्यीय सहकारी संस्था लि. बुद्धभुमि नगरपालिका ४ बुड्ढी र कृषि बिकास बैंक तौलिहवा शाखा विच सम्झौता भई वित्तिय शिक्षा तथा ब्यवसायीक साक्षरता कार्यक्रम संचालनमा ल्याएको छ । संस्थामा आबद्ध ७ सय ५० शेयर सदस्यहरु मध्ये आवश्यताको पहीचान गरि प्रति समुह २५ जना शेयर सदस्यहरु समावेश हुने गरि ३ समुहमा १÷१ महिना सम्म सो तालिम संचालन हुने गरि बुद्धभूमि नगरपालिकाको अति पिछडिएको वडा नं. ४ को पश्चिमटोलामा ५० जना भन्दा बढी सहभागिहरुका बिच मिति २०७९ भाद्र २२ गते बुधवार समुद्धघाटन भएको छ । जहाँ कुमाल जातिको बाहुल्यता रहेको छ ।

समुद्धघाटनमा संस्थाका अध्यक्ष मूरलीधर घिमिरेको अध्यक्षता, कृषि बिकाश बौंक तौलिहवा शाखा प्रमुख रविन्द्र कुमार पाण्डेको प्रमुख आतिथ्यता, बुद्धभूमि नगरपालिका वडा न. ४ का वडा अध्यक्ष सुशिल कुमार चौधरी एंव कृषि बिकाश बैंकका लेखा अधिकृत गुरु प्रसाद घिमिरेको विशिष्ट आतिथ्यता, बैंकका तर्फबाट सहजकर्ता जानमती चौधरी, संस्थाका तर्फबाट सहजकर्ता देविका कंडेलको आतिथ्यता तथा व्यवस्थापक लेखनाथ खनालको संचालनमा पहिलो समुहको उदघाटन ५० वढि को सहभागितामा एक कार्यक्रम शुभारम्भ भएको छ ।

अध्यक्ष मुरलीधर घिमिरेले सिकेका कुरा व्यबहारमा लागू गरी जीवन स्तर परिर्वतन भएमा मात्र तालिम को उपलब्धी हुने हुँदा सोही अनुसार तालिममा तल्लिन सम्पन्न गर्नु हुनेमा विश्वस्त रहेको बताउनु भयो । त्यसै गरी शाखा प्रमुख रविन्द्र कुमार पाण्डेले केही गर्छु भन्ने जो कोहीका लागि जीवन बदल्न सक्ने गरी लामो गृहकार्य गरी सहजीकरणका लागि सरल लेखन शैलीमा तालिम सामाग्री तयार गरिएकोमा सो को अध्ययनको अवशर पाउने सहभागीहरुलाई बधाई तथा शुभकामना दिनुभयो । त्यसै गरि वडा अध्यक्ष शुशिल चौधरीले वडामा सहकारीले नवितम कार्यत्रफ्महरु विगत देखि ल्याउदै आएकोमा यस तालिम विगतका भन्दा लामो अवधीको भएकाले थप प्रभाबकारी हुने बताउनु भयो । त्यसै गरी बैंकको तर्फबाट सहजकर्ता जानमती चौधरीले विषय वस्तु र यसको जीवन संगको मेलका वारेमा चर्चा गर्नुभयो । संस्थाको तर्फबाट सहजकर्ता देबिका कडेंलले आफुले सक्दो सहभागीहरुको जिज्ञासा पुरा गर्ने गरी सहजीकरण गर्ने समेत बताउनु भयो ।
त्यसै गरि दोश्रो समुहको तालिम २०७९ भाद्र २६ गते आइतवार देखि बुद्धभूमि नगरपालिका वडा नं. ४, करनौलियामा संचालन हुनेछ ।


प्रकाशित : २०७९ भाद्र २६, आईतवार १५:०६