कपिलवस्तुमा सम्पन्न परिवार नै विद्युत चोरीमा संलग्न, चुहटावट नियन्त्रण अभियानमा केन्द्र

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
हुकिङ (अंकुसे) लगाई विद्युत चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । विद्युत चुहावट बढेपछि नियन्त्रणकालागि चुहावट अभियानमा हिँडेका टोलीले यशोधरा गाउँपालिका वडा नम्बर ५ रमावापुर सुल्तनवापुर र बृढापार तथा कपिलवस्तु नगरपालिका ५ बभनी बाट ३ जनालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो ।

विद्युत चुहावट बढेपछि नेपाल विद्युत प्राधिकरण तौलिहवा वितरण केन्द्रले आइतबारदेखि चुहटावट नियन्त्रणका लागि अभियान संचालन गरेको जनाएको छ । चुहावट नियन्त्रणकालागि विद्युत कर्मचारी, नेपाल र सशस्त्र प्रहरीसहित २५ जना बढीको चुहावट नियन्त्रण टोली परिचालन गरिएको छ ।

तौलिहवा वितरण केन्द्रका प्रमुख राजेश कुमार झाले हुकिङ गरी गैर कानुनीरुपमा विद्युतु चार्ने कपिललस्तु नगरपालिका वडा नम्बर ५ का यादव थरका १६ वर्षीय एक जना र यशोधरा गाउँपालिका वडा नम्बर ५ रमनगरा गाउका सलाम र अलि थरका २ जनालाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइएको बताए। तिनीहरुले विद्युतको पोलबाट हुकिङ गरी आफ्नो घर विद्युत प्रयोग गर्दै आएका थिए ।
तिनीहरुको घरबाट फ्रिज, एलसिडी टिभि, प्यान २ वटा, २ वटा वेयट मेशीन र १ वटा मोटर तथा तार समेत बरामद गरिएको छ। पक्राउ परेका तिनै जना सपन्न परिवारका हुन् ।

त्यस मध्ये एक जनाले ३ वर्ष अघि बिग्रेर बनाउन दिएको मिटर अझैसम्म लगेका छैनन् । १६ कोठे पक्की घर स्कारपियो ट्याक्टर मोटरसाईल लगायतका प्रसस्त सम्पत्ति रहेका व्यत्तिले समेत हुकिङ गरी विद्युतु चारेको पाइएको प्रमुख झाले बताए । विद्युतु चुहावट बढेपछि प्राधिकरणको लुम्बिनी प्रादेशिक कार्यालयले तत्कालै नियन्त्रणका कार्यक्रम संचालन गर्न निर्देशन दिएको छ ।
गतवर्ष तौलिहवा वितरण केन्द्रमा २९ प्रतिशत बढी विद्युत चुहावट थियो । चुहावट घटाउन अब विद्युत चुहावट नियन्त्रण अभियान र बक्यौता रकम असुलीका लागि ठोस कदम चालिने प्रमुख झाले बताए । लामो समयदेखि बक्यौता नबुझाएका ढेड सय ग्राहकको लाईन समेत काटिएको छ ।

बक्यौता नतिरेर ६० दिन नाघेका र १० हजार बढी बक्यौता रहेका ग्राहकको समते लाईन काटिने प्रमुख झाले बताए। पक्राउ परेको ३ जना उपर विद्युत चुहावट नियन्त्रण बिनियमावली २०५९ अनुसार आवश्यक कारबाही र क्षतिपुर्ति तिराईने उनले बताए। तौलिहवा वितरण केन्द्रमा ६५ हजार बढी ग्राहक छन्। मायादेबी, यशोधरा र सुद्धोदन गाउपालिकाका बिभिन्न गाउँहरुमा चु्हावट बढी हुने गरेका छन् ।
पर्साहिया, भैसहीया, जमुनी हरीबंशापुर, बरबलीया, बिजुवा, अभिराव फुलिका लगातयका गाउहरुमा संगठीतरुमा नै विद्युत चोरी गनै गरिएका छन्। हुकिङ र मिटर बाईपास गरी विद्युत चोरी गर्ने गरिएको छ ।


प्रकाशित : २०७९ भाद्र २८, मंगलवार ०७:१९