कार्यकारी सम्पादक अधिकारीलाई मातृशोक

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकका कार्यकारी सम्पादक थानेश्वर अधिकारीलाई मातृशोक परेको छ । अधिकारीका ममतामयी माता.राधिका देवी अधिकारीको ५४ बर्षको उमेरमा आफ्नै निवास कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ६ अमौलीमा दुःखद निधन भएको हो ।

लामो समय देखि क्यान्सर रोगबाट ग्रस्त हुनुभएकी माता अधिकारीको आज दिउँसो २ बजे ४ मिनेटमा असामहिक निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उहाँको पार्थिव शरिरलाई अन्तेष्टिका लागि भग्लापुर शवदाह स्थलमा लैजाने तयारी भएको छ ।

माता अधिकारीको असामहिक निधन प्रति गहिरो दुःख व्यक्त गर्दै पत्रिकाका प्रकाशक मोहन बेल्बासेले शालिन, भद्र ममतामयी माताको निधनले पत्रिका परिवार शोक स्तब्ध भएको बताउनुभएको छ ।


प्रकाशित : २०७९ भाद्र २८, मंगलवार १६:०३