बाणगंगामा एक बर्षमा मात्रै ८५ वटा सम्बन्ध विच्छेदका घटना

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, बाणगंगा
कपिलवस्तुको बाणगंगा नगरपालिकामा एक बर्षको अवधिमा ८५ वटा सम्बन्ध विच्छेदका घटना घटेका छन् । आर्थिक बर्ष २०७८÷७९ मा मात्रै ८५ वटा सम्बन्ध विच्छेदका घटना घटेका हुन् ।

आर्थिक बर्ष २०७८÷७९ को तथ्याङ्क अनुसार सम्बन्ध विच्छेदका घटना बढी हुने वडामा वडा नम्बर २, ७ र ८ रहेका छन् । जहाँ १३÷१३ वटा म्बन्ध विच्छेदका घटना भएका छन् ।

यस्तै वडा नम्बर १ मा ३ वटा, वडा नम्बर ३ मा ४ वटा, वडा नम्बर ५ मा २ वटा, वडा नम्बर ६, ९ र १० मा ६ वटा विच्छेदका घटना हुदाँ वडा नम्बर ११ मा ७ वटा भएका छन् ।


प्रकाशित : २०७९ भाद्र ३१, शुक्रबार ०७:१४