महिला साफ च्याम्पियनसिपको सेमिफाइनल खेल आज स् नेपालले भारतसँग खेल्दै

[sharethis-inline-buttons]

लुदअ भदौ ३१, काठमाण्डौ
महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदैछन् । नेपालले भारतसँग खेल्दैछ। खेल दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ ।

नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । भारत समूह ‘ए’ को अन्तिम खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित हुँदै समूहको उपविजेता टोली बनेको हो । साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारत सेमिफाइनलमा खेल्न लागेको यो दोस्रो पटक हो । यसअघि सन् २०१७ मा नेपाल भारतसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो ।

नेपालको महिला टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारीले डेङ्गी सङ्क्रमणका कारण आजको खेलमा खेल्नेरनखेल्ने निर्णय भइसकेको छैन । त्यसअघि दिउँसो १ बजे बङ्गलादेश र भुटान खेल्दैछन् । बङ्गलादेश समूह ‘ए’ को विजेता र भुटान समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

महिला साफको इतिहासमा भारतले बङ्गलादेशसँग पहिलो पटक हार ब्यहोरेको थियो ।


प्रकाशित : २०७९ भाद्र ३१, शुक्रबार ०७:२५