
हरि आचार्य, कपिलवस्तु
अर्गानिक खाना, खाजा सहित नेपालमै फरक र परम्परागत मौलिकता बोकेको ‘हाम्रो हाउस भान्छा घर’ सञ्चालनमा आउने भएको छ । देशकै राजधानी काठमाण्डौको टोखा ४ धापासी साईटको रमणिय स्थलमा यहि असोज १० गते उक्त ‘हाम्रो हाउस भान्छा घर’ खुल्ने भएको ब्यवस्थापक कृष्ण पाण्डेले जानकारी दिनुभयो ।
विशेष गरि अन्य होटल रेष्टुरेण्ट भन्दा फरक र मौलिक परम्परागत खाना, खाजाका आईटमहरु सुपथ मुल्यमा उलब्ध गराउने उद्देश्यले ‘हाम्रो हाउस भान्छा घर’ सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । यहाँ नेपालि खाना सेट, ढिडों, मकैको च्याखला, कोदोको पानि रोटि, फापरको पानि रोटि, माछाको सेकुवा लगायतका स्वास्थ्यवद्र्धक आईटम उपलब्ध गराईने बताइएको छ ।
त्यति मात्र नभई सबै प्रकारका स्वादिष्ट सेकुवा परिकारहरु, चिज्जा, अल्लि फरक र स्वादिष्ट परिकार, परम्परागत नेपाली स्वस्थकर खाना तथा खाजा पाक्ने भान्छाको रुपमा विकास गर्न लागेको हुनाले अवलोकनका लागि सम्पुर्णलाई होटेल प्रशासनले अनुरोध गरेको छ ।
तस्बिरमा ‘हाम्रो हाउस भान्छा घर’ :

