
रामबहादुर गन्धर्व, कोपवा
लक्ष्मणघाट सामुदायिक वन उपभोक्ता समूह बाणगङ्गा नगरपालिका ६ कपिलवस्तुको २४औं साधरणसभा बिहीबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख रिता कुमारी चौधरीले सरकारले जनतालाई सामुदायिक बनको चौकी दार भएको र बनमा रहेका जडिबुटीको पहिचान गरि सहि सदुपयोग गर्नुपर्ने बताउदै सामुदायिक बनलाई सुन्दरीकरण गरि पर्यटकिय स्थलका रूपमा बिकास गर्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरूले आ–आफ्ना भनाइ सहित सफलताको शुभकामना दिएका थिए। २६.२८ हेक्टरमा फैलिएको यस सामुदायिक वनमा ३४७ घरधुरी संख्या रहेको बताईएको छ। यसै बिच बनका कोषाध्यक्ष रामचन्द्र मरासिनीले अनुमानित २७लाख ८१हजार बजेट प्रस्तुत गरेका छन् भने । बनको कुल कारोबार ८लाख ८४हजार ८सय ९५रूपिया बराबरको आयव्यय सार्वजनिक गरेका थिए।
कार्यक्रम वनका अध्यक्ष खड्ग बहादुर थापाको अध्यक्षता, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्टराईको प्रमुख आतिथ्यता, वडा नं. ६ का वडा सदस्यहरू यमबहादुर प्युठानी, पशुपतिया थारू, तारा दुतराज, मोतिपुर सव डिभिजनका प्रमुख बिष्णु थारू, लक्ष्मणघाट टोल बिकास संस्थाका अध्यक्ष झंकेस्वर खनालको बिशिष्ठ आतिथ्यता रहेको थियो भने । बाणगङ्गा खानेपानी, टोल बिकास समितिका पदाधिकारी, बोलवमधामका पदाधिकारी, स्थानीय समाजसेवी लगायतको बाक्लो उपस्थिती रहेको कार्यक्रम सचिव अपिला भुसाल (टन्डन) को सञ्चालन र उपाध्यक्ष माधव खनालको स्वागत मन्त्ब्यमा सम्पन्न भएको हो।