इंग्लिस प्रिमियर लिग लेस्टर सिटीले नटिङ्घम फरेस्टलाई ४–० गोलले हरायो

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ असोज १८, काठमाण्डौ
इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा लेस्टरले नटिङ्घम फरेस्टलाई ४–० गोलले हरायो । लेस्टरका जेम्स म्याडिसनले दुई गोल गरे । उनले खेलको २५ औँ र ३५ औँ मिनेटमा गोल गरेका हुन् । त्यस्तै खेलको २७ औँ मिनेटमा हार्वे बार्नस र ७३ औँ मिनेटमा प्याट्सन डाकाले गोल गरे ।

जितसँगै लेस्टर सिटीले ८ खेलमा ४ अंक जोडेको छ । लेस्टर अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । समान खेलमा ४ अंक नै रहेको नटिङ्घम फरेस्ट पुछारमा छ ।

यो सिजनमा नटिङ्घम फरेस्ट २३ वर्षपछि लिगमा फर्किएको हो । यो टिम सन् १९९९ मा रेलिगेसनमा परेको थियो ।


प्रकाशित : २०७९ आश्विन १८, मंगलवार ०७:२७