झापामा आफैलाई गोली हानेका एक जनाको ज्यान गयो, एक घाइते

[sharethis-inline-buttons]

लुदअ कात्तिक २, काठमाण्डौ
झापामा आफैलाई गोली हानेर एक जनाको ज्यान गएको छ । गौरादह नगरपालिका–८ जुरोपानी का ३६ वर्षका बिरन साहले विवाद हुदाँ १५ वर्षका हेमराज साहलाई गोली हानेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

नाताले भतिज पर्ने हेमराजलाई गोली हानेर फरार बिरनको शव सुकुना खोला किनारमा फेला परेको हो । बिरनले आफैलाई गोली हानेर ज्यान गएको प्रहरीको भनाई छ । घटनामा घाइते भएका हेमराजको बी एन्ड सी अस्पतालमा उपचार भैरहेको छ ।

घटनास्थलबाट एक थान कटुवा पेस्तोल, दुई थान म्यागजिन, गोलीको खोका र १५ राउण्ड गोली फेला परेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 


प्रकाशित : २०७९ कार्तिक २, बुधबार ०८:११