कपिलवस्तुमा राती ९ बजे सम्म मात्र देउसी भौलो खेल्न पाइने

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले यस वर्षको तिहारमा राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न दिने भएको छ । तिहार आसपासका दिनमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजरमा गर्दै प्रशासनले शनिबार एक सुचना सार्वजनिक गरेको हो ।

सुचना अनुसार मात्रै आफ्ना चिनजान भएका स्थानमा मर्यादित एवम् सभ्य तरिकाले ९ बजेसम्म मात्र देउसी भैलो खेल्न अनुरोध गरेको छ
साथै विष्फोटकजन्य पटका, आतसबाजी, झिरझिरे प्रज्वलनशील पद्धार्थहरु नपड्काउन, ओसारपोसार तथा विक्रिवितरण समेत नगर्न नगराउन प्रसासनले अनुरोध गरेको हो ।

साथै जुवातासजन्य खेलहरु नखेल्न नखेलाउन आग्रह गर्दै प्रशासनको सुचनाको अवज्ञा गरे कारवाही गरिने प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले बताउनुभएको छ । मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थ सम्बन्धी कसूरमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारलाई सभ्य रुपमा मनाउनपनि उहाले सबैमा आग्रह गर्नुभएको छ ।


प्रकाशित : २०७९ कार्तिक ७, सोमबार ०७:१२