कपिलवस्तुमा २ हजार ४ सय ४० म्यादी प्रहरीले तालिम लिदैँ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ, कपिलवस्तु
आगामी मंसिर ४ गते हुन गैरहेको संघ तथा प्रदेश तहको निर्वाचनको लागी कपिलवस्तु सहित देशभर म्यादी प्रहरीहरुको तालिम चलिरहेको छ । निर्वाचनको समयमा आइपर्ने विभिन्न समस्याको लागी नेपाल प्रहरीको रोहवरमा उक्त तालिम चलिरहेको हो ।

गत असोज ३० देखि सुरु भएको तालिम अब कात्तिक ८ गतेसम्म सञ्चालन हुनेछ । तालिम सकिएलगत्तै उनीहरुलाई निर्वाचन सुरक्षामा खटाइने छ । कपिलवस्तु जिल्लामा २ हजार ४ सय ४० म्यादी प्रहरीले तालिम लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलले बताएका छन् । यहाँको सुरक्षा संवेदनशिलतालाई हेरेर म्यादी प्रहरीसहित नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी पनि निर्वाचन सुरक्षाका लागि खटिने छन् ।

प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेसम्म देशभरका जिल्ला प्रहरी कार्यालयमार्फत् एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न आह्वान गरेको थियो । कात्तिक ९ गतेदेखि परिचालन गरिने सुरक्षा कार्ययोजनाअनुसार छनोट भएकालाई असोज ३० देखि कात्तिक ८ गतेसम्म तालिम दिइने छ ।

निर्वाचन सुरक्षाका लागि तालिम नेपाल प्रहरीबाट दिने र कार्यअवधिभर म्यादी प्रहरी, प्रहरीकै कमाण्डमा रहेर काम गर्नुपर्ने छ । निर्वाचनका लागि करिब तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने गृह मन्त्रालयको निर्वाचन सुरक्षा कार्ययोजना छ । जसमा करिब ७५ हजार सेना, ६५ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका करिब एक हजार पाँच सय र एक लाख १५ हजार म्यादी प्रहरी खटाउने तयारी गरिएको छ ।


प्रकाशित : २०७९ कार्तिक ७, सोमबार ०७:१६