फोहोर फाल्नेलाई कारबाही गरी ४ लाख रुपैयाँ जरिवाना

[sharethis-inline-buttons]

लुदअ कात्तिक ७, काठमाण्डौ
काठमाण्डौ महानगरपालिकाले सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कारबाही गरी पछिल्लो तीन महिनामा ४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ ।

घरको फोहोर राति लगेर सार्वजनिक ठाउँमा फाल्नेलाई कारबाही गरी ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको महानगरपालिकाले जनाएको छ ।

वातावरण र कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा एक लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा एक लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिनुभयो ।

फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा एकहजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको उहाँले बतानुभयो ।

कतिपयले राति गाडीमै फोहोर लगेर सार्वजनिक ठाउँमा फाल्ने गरेको पाइएको महानगरपालिकाले जनाएको छ ।


प्रकाशित : २०७९ कार्तिक ७, सोमबार ०७:२५