प्रगतिशिल युवा क्लवद्धारा आज बोडगाउँमा तिहार विशेष सांस्कृतिक साँझ हुने

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
वातावरण संरक्षण लागुऔषध दुव्र्यसनी मुक्त वडाको लागि सांस्कृतिक कार्यक्रम भन्ने उद्देश्यले प्रगतिशिल युवा क्लव वाणगंगा नगरपालिका ८ बोडगाउको आयोजना र नव प्रभात सामुदायिक वन उपभोक्ताको सहयोगमा तिहार विशेष सांस्कृतिक साँझ हुने भएको छ । कार्तिक ७ गते (आज) बाणगंगा नगरपालिका वडा न ८ लोगाइ चोकमा दिउसो ४ बजे बाट कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक सौरभ भण्डारीले जानकारी दिए ।

सांस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ आधुनिक गायक हेमन्त शर्मा, हास्य कलाकार पुर्खे बा, गायक शिव खनाल, गायिका बर्षा लम्साल, अर्जुन मिश्र, खेम चौधरी, आशिर्वाद ब्यान्ड साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहको प्रगतिशिल युवा क्लवका अध्यक्ष डेभीड भण्डारीले बताउदै सम्पूर्णलाई कार्यक्रममा उपस्थीति हुन अनुरोध गरेका छन् । कार्यक्रमको सञ्चालन डिल्लीराज पाण्डेले गर्ने आयोजकले जानकारी दिएको छ ।


प्रकाशित : २०७९ कार्तिक ७, सोमबार ०८:१७