
सूर्य चुदाली, कपिलवस्तु
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका १० धनचौर प्यारे बस्ने दधिराम भुसालको २०६७ माघ २५ गते ९ जनाको समूहले हत्या गरेको थियो । अभियुक्तहरु मध्ये फरार शालिक बहादुर बुढा र नारायण बुढा १२ वर्षपछि पक्राउ परेका छन् । उनीहरुलाई जिल्ला अदालत अर्घाखाँचीले २० वर्षको कैद सजायको फैसला गरेको थियो । अभियुक्तहरु अर्घाखाँची र कपिलवस्तु जिल्लाको सिमानामा लुकिछिपी बसेको भन्ने गोप्य सूचना प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौैडेलको कमाण्डमा खटिएको टोलीले कार्तिक ६ गते पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत अर्घाखाँचीलाई बुझाएको छ ।
उक्त हत्यामा संलग्नहरु मध्ये ६ जनाले कैद भुक्तान गरिरहेको र १ जना अझै फरार रहेकोले हत्याराको खोजीका लागि प्रहरीको विशेष टोली खटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक तथा प्रवक्ता कृष्ण प्रसाद घिमिरेले जानकारी गराउनुभयो ।