नुवाकोटमा आगलागीबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति

[sharethis-inline-buttons]

लुदअ कात्तिक ७, काठमाण्डौ
नुवाकोटको शिवपुरी गाउँपालिका–८ मा गएराति लागेको आगलागीबाट दुई करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको छ ।

आगलागीबाट तीन वटा घर र ती घरमा सञ्चालित पसलका सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता रुपक खड्काले जानकारी दिनुभयो ।

उहाँको अनुसार सत्तरीको डिल भन्ने ठाउँमा विजय थापाको फेन्सी पसलबाट लाग्न सुरु भएको आगो हरि थापाको किराना पसल र विजय थापाको हार्डवेयर पसलमा समेत फैलिएर ती पसलमा रहेका सामग्री जलेर नष्ट भएका छन् ।

राति करिब पौने ९ बजेदेखि लाग्न सुरु गरेको आगो स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा विदुर नगरपालिकाको दमकलले पाँच घण्टापछि नियन्त्रणमा लिएको थियो ।

आगो लागेका तीन घरमा क्षति पुगे पनि ती घरसँगै जोडिएका अन्य घरलाई सुरक्षित बनाउन सकिएको प्रहरीले जनाएको छ ।

आगो लाग्नुको कारण नखुले पनि विद्युतीय गडबडी भएको हुनसक्ने विजय थापाले बताउनुभयो ।


प्रकाशित : २०७९ कार्तिक ७, सोमबार ११:२८