
लुदस,बनगाई ।
पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा रहेको छ ।
यसै सन्दर्भमा आफ्नो कान्छो भाइ मोहन सुनारको जन्म दिनको अवसर पारेर दाजु सन्तोस सुनारले भाइ मोहन सुनार लार्इ १० लाख को साबधिक जिवन बिमा पोलिसी उपहार दिएका छन्।
उनले रिलायन्स लाइफ इन्स्योरेस जितपुर शाखा कपिलवस्तु बाट सावधिक जीवन बीमा योजना अन्तर्गत १५ लाख रुपैयाको बीमा पोलिसी उपहार दिएका हुन् ।

