प्रगतिशिल युवा क्लवद्धारा तिहार विशेष सांस्कृतिक साँझ– २०७९ भव्य रुपमा सम्पन्न

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
‘वातावरण संरक्षण लागुऔषध दुव्र्यसनी मुक्त वडाको लागि सांस्कृतिक कार्यक्रम’ भन्ने उद्देश्यले प्रगतिशिल युवा क्लव वाणगंगा ८ बोडगाउँको आयोजना र नव प्रभात सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा तिहार विशेष सांस्कृतिक साँझ २०७९ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालको प्रमुख आतिथ्यता र प्रगतिशिल युवा क्लवका अध्यक्ष डेभीड भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्यालले रितीरिवाज, चालचलन, धर्म संस्कृति र परम्परा हामी सबैका अमुल्य सम्पति भएको बताउनु भयो । उहाँले पछिल्लो पुस्ताले धर्म संस्कृति बिर्सदै गएको अवस्थामा यश कार्यक्रमले युवामा नेतृत्व सँगै सामाजिक जिम्मेवारी पनि बहन गरेको बताउनु भयो । साथै सामाजिक रुपान्तरणका लागि क्लवसंग समन्वय गर्न वडा कार्यालय तयार रहेको बताउर्दै क्लवको प्रशंसा गर्नुभयो ।

त्यसैगरी प्रगतिशिल युवा क्लवका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष डेभिड भण्डारीले कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले हराउदै गएको संस्कृतिलाई बचाउन र संस्कृति संरक्षण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरेको बताउनु भयो । भण्डारीले यस्ता कार्यक्रम क्लबले सुरूवात गरेको भन्दै कार्यक्रम सफल बनाउन लाग्ने तथा सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिनुभयो ।

नव प्रभात सामुदायिक वनका अध्यक्ष डिल्ली रेग्मीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रम डिल्लीराज पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ आधुनिक गायक हेमन्त शर्मा, हास्य कलाकार पुर्खे बा, गायक अर्जुन मिश्र, खेम चौधरी, साहिल अर्याल, आशिर्वाद ब्यान्ड साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहको थियो ।

तस्बिरमा तिहार विशेष सांस्कृतिक साँझ– २०७९ :


प्रकाशित : २०७९ कार्तिक ९, बुधबार ०८:१६