डेंगुका कारण रूपन्देहीका पत्रकार रानाको मृत्यु

[sharethis-inline-buttons]

लुदअ, रूपन्देही
डेंगु लागेर उपचाररत पत्रकार टेक मास्की रानाको निधन भएको छ । रुपन्देहीलाई कार्यक्षेत्र बनाएर बुटवलबाट पत्रकारिता गर्दै आएका रानाको बुधबार बिहान निधन भएको हो ।

स्याङ्गजा स्थायी घर भएका राना डेंगु लागेर तीन सातायता उपचाररत थिए। उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको निधन भएको हो । डेंगुसंगै मिर्गौला र जण्डिसकोका बिरामी उनको उपचारका लागि पत्रकार महासंघले सक्रिय भूमिका निर्वाह गरिरहेको थियो ।

उपचारमा निरन्तर प्रयास गरिरहँदा पनि अन्नतः बचाउन नसकेको भन्दै पत्रकार महासंघ,रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले दुःख व्यक्त गरेका छन् ।

२ दशकभन्दा लामो समय पत्रकारिता गरेका मास्के नेपाल पत्रकार महासंघ,रुपन्देहीका पूर्व कार्यसमिति सदस्य,लुम्बिनी प्रदेश कमिटि सदस्य तथा रेडियो जागरण बुटवलको समाचार प्रमुख रहेका थिए ।

केही वर्ष रअघि मात्रै श्रीमती गुमाएका रानाका एक छोरा २ छोरी गरि तीन सन्तान सरल,सादगी,पेशाप्रति बफादार र लगनशिल रानाको निधनले पत्रकारिता क्षेत्रमा अपूर्णनीय क्षति पुगेको पत्रकार महासंघ तथा उनका सहकर्मीले बताएका छन् ।


प्रकाशित : २०७९ कार्तिक ९, बुधबार १५:२८