सरकार र दलले आफूभन्दा माथि जनता भनेर सोच्न जरुरी छ : सुनिता डंगोल

[sharethis-inline-buttons]

लुदअ कात्तिक ९, भक्तपुर
काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सरकार र राजनीतिक दलले आफूभन्दा माथि जनतालाई राखेर निर्णय लिन आवश्यक रहेको बताउनुभएको छ ।

आज बुधवार भक्तपुरमा आयोजित नेपाल सम्वत् ११४३ को अवसरमा शुभकामना आदानप्रदान एवम् राष्ट्रिय विभूति शंखधर साख्वाको सालिकमा माल्यार्पण समारोहमा बोल्दै उपमेयर शाक्यले यस्तो बताउनुभएको हो । उहाँले नेपाल सम्वतको छुट्टै मौलिक महत्त्व र पहिचान रहेको भन्दै नेपाल सम्वतलाई व्यवहारमा लागू गर्न आवश्यक भएको बताउनुभयो । उहाँले सरकारी कार्यालयहरूमा चलाउने डकुमेन्टहरूमा नेपाल सम्वत प्रयोग गर्न नसकेसम्म राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नरहने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सम्वतको छुट्टै मौलिक महत्त्व र पहिचान छ । नेपाल संवत मनाइरहँदा राष्ट्रिय विभूतिबाट सिक्नुपर्ने धेरै पाठ छ । जनतालाई ऋण मोचन गरेझैँ सरकार र राजनीतिक दलले आफूभन्दा माथि जनता भनेर सोच्न जरुरी छ ।’

उपमेयर डंगोलले संसारमा नै नभएको देशको नामबाट एउटै मात्र संवत भनेको नेपाल सम्वत रहेकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।


प्रकाशित : २०७९ कार्तिक ९, बुधबार १५:३०