बिद्यार्थीहरु बिच पुर्नमिलन कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]

लुदस,जितपुर
कनकमुनी उच्च माध्यामिक बिद्यालय,.जगदिशपुरमा अध्ययनरत एल.एल.सी. व्याच २०६६ का बिद्यार्थीहरुको पुर्नमिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम शनिवार  सम्पन्न भएको छ । माध्यमिक तह उर्तिण गरेपछीको १३ मा सो कार्यक्रम आयोजना गरिएको हो ।

भेटघाट कार्यक्रममा सबैले आफ्नो अनुभव तथा सिकाईहरुको आदान प्रदान गरेका छन् । सो कार्यक्रमबाट सहपाठी साथीहरु बिच आत्मियता तथा सम्बन्धमा नविकरण आउनुका साथै आगामी दिनमा पनी अगाडी बढ्नको लागी प्रेरणा मिलेको संगिता भुसालले बताइन् ।

अहिले साथीहरु जिवन व्यतितको आडमा फरक फरक ठाउँ र जिम्मेवारीमा भएकाले उहाँहरुले प्राप्त गर्नुभएको सफलता र प्रेरणाले उर्जा थपेको भुसालले बताइन् ।


प्रकाशित : २०७९ कार्तिक १३, आईतवार १४:०७