युवा नेता घिमिरेको उदाहरणिय कामः जन्मोत्सवमा गम्भिर विरामीको उपचारार्थ रक्तदान

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका लागि एक युवा नेताले आफ्नो ३० औँ जन्मोत्सवको अवसरमा रक्तदान गरि उदाहरणिय कार्य गर्नुभएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ पिपरा निवासी राष्ट्रिय युवा संघ नेपाल बाणगंगा नगर कमिटि अध्यक्ष कमल घिमिरेले बुटवल ब्लड बैंकमा डायलासिस गरिरहेको गम्भिर विरामीको उपचारार्थ रक्तदान गर्नुभएको हो ।

वि.स.२०४९ कात्तिक १८ गतेका दिन जन्मिनुभएका युवा नेता घिमिरेले जन्मोत्सवको अवसरमा सामाजिक रुपान्तरणको काम गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्य गरिएको बताउनुभयो ।

जन्मोत्सवमा फजुल खर्च गरि अनेक तरिकाबाट खुसी बनाउने प्रचलन बढिरहेका बेला घिमिरिले गतिलो उदाहरण दिनुभएको छ ।

उहाँले विगतका बर्ष पनि जन्मोत्सवको अवसरमा अन्य मानवीय तथा सामाजिक कार्य गर्दै आउनुभएको छ । कपिलवस्तु जेसीजका कोषाध्यक्ष तथा संयुक्त एम्बुलेन्स चालक संघ जिल्ला अध्यक्ष समेत रहनुभएका घिमिरिले फजुल खर्च गर्नुको साटो गरिव, विपन्न तथा अशक्तहरुलाई जन्मोत्सवको अवसरमा सक्दो सहयोग गर्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।

 


प्रकाशित : २०७९ कार्तिक १८, शुक्रबार १२:१४