लघुवित्त कर्मचारि मिलन केन्द्रको बैठक : अध्यक्षमा पुनः राम

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
खोटाङको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकामा अवस्थित ११ लघुबित्तको साझा सङठन लघुवित्त कर्मचारि मिलन केन्द्रको बैठक महत्वपुर्ण निर्णयका साथ सम्पन्न भएको छ । बैठकमा संगठनका निबर्तमान कोषाध्यक्ष बिशाल भुसालले आर्थिक वर्षको आय व्यय प्रस्तुत गर्नुभएको थियो । साथै बैठकमा लघुवित्तको वर्तमान अवस्था र समस्याहरुको बारेमा छलफल गरिएको थियो । सोहि बैठकले निर्धन उत्थान लघुबित्तका शाखा प्रमुख रामाज्ञा रामको अध्यक्षतामा पुनः पदाधिकारी समेत चयन गरेको छ ।

जसको उपाध्यक्षमा नेरुडे लघुबित्तका राजेन्द्र खतिवडा, सचिबमा महुलि लघुबित्तका हेमराज दाहाल, सह सचिवमा पवन घिमिरे र कोषाध्यक्षमा आरम्भ चौतारिकि गंगामायाअधिकारिलाई चयन गरिएको छ । त्यस्तै भने सदस्यमा कमला बराल (सामुदायिक), कुन्दन यादब (एन आइ सि), बिसाल भुसाल (निर्धन उत्थान), बलराम बराल (एन एम बि), निर्जल पुडासैनि (नेरुडे), नेत्र दाहाल (आरम्भ चौतारि) रहेका छन।

बैठकले देशको विभिन्न स्थानमा लघुबित्त कर्मचारि माथि भैराखेको ज्याजतिको घोर भर्सना समेत गरेको झविन भण्डारीले जानकारी दिनुभएको छ ।


प्रकाशित : २०७९ मंसिर १, बिहीबार ०८:१४