हरि आचार्य, कपिलवस्तु
नेकपा एमाले कपिलवस्तु क्षेत्र नं. १ का उम्मेद्वारले २१ औं शताब्दीमा सूचना संचार र विद्युतीकरणको विकास गर्नुपर्नेमा जोड दिएका छन् । आसन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत सार्वजनिक गरिएको प्रतिवद्धता पत्रमा सूचना संचार र विद्युतीकरणको विकास गर्नुपर्नेमा जोड दिईएको छ ।
प्रतिवद्धता पत्रमा मोवाइल नेटवर्कको पहुँच नपुगेका ग्रामिण क्षेत्रमा टावर स्थापना गर्ने व्यवस्था मिलाउने र लो भोल्टेज भएका क्षेत्रमा विद्युत ट्रान्सफर्मर राखी समस्या समाधान गर्ने, जीतपुर, चारनम्बरमा भएको विद्युत वितरण केन्द्रलाई स्तरउन्नती गर्ने जस्ता महत्वपुर्ण योजना समावेश गरिएको छ ।
त्यस्तै निर्वाचन क्षेत्रमा रहेका संचार माध्यमलाई ध्यान दिई मिडियामैत्री र प्रविधीयुक्त बनाउन कार्यक्रम र बजेटको व्यवस्था मिलाउने, मुख्य बजारका सडकलाई हरित पेटी र सोलार लाइटयुक्त बनाउने र सामुदायिक खानेपानीमा हाल विद्यमान रहेको विद्युत महसुललाई घटाई सर्वसुलभ बनाउने जस्ता योजनाहरु प्रतिवद्धता पत्रमा समावेश गरिएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।




















