विवादका कारण स्याङ्जाको एक मतदान केन्द्रमा मतदान सुरु हुन सकेन

[sharethis-inline-buttons]

लुदअ मंसिर ४, स्याङ्जा
स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा विवादका कारण मतदान सुरु हुन सकेको छैन ।

दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदान सुरु हुन नसकेको हो । प्रतिनिधिहरूको सम्बन्धमा सहमतिको प्रयास जारी रहेको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार दल तथा स्वतन्त्रका प्रतिनिधिहरू राख्ने विषयमा सहमति नजिक पुगेको र अब छिट्टै मतदान सुरु हुनेछ ।

चापाकोट १० को बोटेटार मतदान केन्द्र बाहेक स्याङ्जाको अन्य ठाउँमा मतदान सुरु भएको छ । स्याङ्जामा एक सय ९९ मतदान स्थलभित्र ३ सय २० मतदान केन्द्रमा रहेका छन् ।

कारागारको एक अस्थायी मतदान केन्द्रमा पनि मतदान भइसकेको छ ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावका लागि स्याङ्जामा दुई लाख ४४ हजार ८९ जना मतदाता रहेका छन् ।

 


प्रकाशित : २०७९ मंसिर ४, आईतवार ०९:१४