लुदअ मंसिर ४, काठमाण्डौ
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि मतदान गर्नुभएको छ ।
निर्वाचन आयुक्त भण्डारीले काठमाण्डौको अनामनगरमा रहेको मिलन विद्या मन्दिरमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयुक्त भण्डारीले चुनावको प्रक्रियामध्ये सबैभन्दा महत्त्वपूर्ण प्रक्रिया मतदान भएकाले निर्धक्क भएर मतदान गर्न मतदातासमक्ष आग्रह गर्नुभयो ।
उहाँले मतदान स्वच्छ, निष्पक्ष र भयरहीत बनाउन आवश्यक सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभयो । उहाँले मतदान सहज र व्यवस्थित ढङ्गले गरेको बताउनु भयो । उहाँले चुनावका लागि शान्ति, सुरक्षाको व्यवस्था पनि व्यवस्थित पारिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘चुनावको प्रक्रियामध्ये सबैभन्दा महत्त्वपूर्ण प्रक्रिया भनेको मतदान हो । मतदान स्वच्छ, निष्पक्ष र भयरहीत हुनुपर्छ भन्ने सबैको मान्यता हो । हामीले अहिले यति राम्रोसँग सहज र व्यवस्थित ढङ्गले व्यवस्था गरेका छौँ, व्यवस्थापन असाध्यै राम्रो छ । शान्ति, सुरक्षा राम्रो छ । कुनै पनि ठाउँमा दुर्घटना भए आयोग त्यहीँ ३० मिनेट भित्रमा पुगिसक्छ । खुशीसँग मतदान गरौँ ।’
निर्वाचन आयुक्त भण्डारीले कुनै पनि ठाउँमा दुर्घटना भए आयोग ३० मिनेट भित्रमा घटनास्थलमा पुग्ने बताउनु भयो ।