गुल्मीको मालिका गाउँपालिकामा विवादका कारण मतदान स्थगित

[sharethis-inline-buttons]

लुदअ मंसिर ४, गुल्मी
गुल्मीको क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका(५ को सापहिले माध्यमिक विद्यालयमा भइरहेको मतदान स्थगित भएको छ ।

बिहान मतदान सुरु भएको केही समयपछि प्रत्यक्ष र समानुपातिक मतपत्र अघिपछि गराइएको भन्दै सत्तारूढ गठबन्धनका कार्यकर्ताले विरोध गरेपछि बिहान साढे ८ बजेदेखि मतदान स्थगित भएको हो ।

मतदान स्थलमा केही समय नाराबाजी भएको थियो । अहिले विवाद समाधानका लागि छलफल भइरहेको जनाइएको छ।

 


प्रकाशित : २०७९ मंसिर ४, आईतवार ०९:३५