बर्दिया २ मा रेशम चौधरीका बुवा ४ हजारभन्दा बढी मतान्तरले अगाडि

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ ६ मंसिर, बर्दिया
बर्दिया क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरीले ४ हजार भन्दा बढी मत अन्तरले अग्रता कायम गरेका छन् । उनले १२ हजार ८८७ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थले ८ हजार २०२ मत पाएका छन् । चौधरी र पन्थबीचको मत अन्तर ४ हजार ६८५ छ ।

नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौरले ४ हजार ६७८ र राप्रपाका उम्मेदवार विनय रावलले २ हजार ६३२ मत पाएका छन् ।

फराकिलो मतान्तर सहित अग्रता कायम गरेका लालविर चौधरी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीका बुवा हुन् । निर्वाचन आयोगले रेशम चौधरीको उम्मेदवारी खारेज गरिदिएपछि ‘व्याकअप’ उम्मेदवारको रुपमा रहेका चौधरीलाई नागरिक उन्मुक्ति पार्टीले अघि सारेको थियो ।


प्रकाशित : २०७९ मंसिर ६, मंगलवार ०७:१८