हरि आचार्य, कपिलवस्तु
सञ्चारीका समुह नेपाल कपिलवस्तुको आयोजना तथा बाणगंगा नगरपालिकाको सहयोग तथा समन्वयमा आर्थिक सहयोग समन्वयमा प्रथम बाणगंगा नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । ‘खेलकुद अनुशासन र राष्ट्रभक्ति, समृद्ध बाणगंगा नगरका लागि स्वस्थ जनशक्ति’ भन्ने मूल नाराका साथ आयोजित गरिएको ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले उद्घाटन गर्नुभएको हो । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बाणगंगा नगरपालिका बुद्ध रंगशालामा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य घिमिरेले खेलकुदले लैगिंक हिंसा विरुद्ध अहम भुमिका खेल्ने बताउनुभयो ।
उहाँले महिला ब्याडमिन्टन प्रतियोगिताले जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्था तथा सञ्चारकर्मीसंगको सम्बन्ध अझ सुमधुर र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले अभियानको क्रममा मात्र लैगिंक विभेद्ध विरुद्धका क्रियाकलाप नगरि बर्षैभरी यस्ता खालका कार्यक्रम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । प्रतियोगितामा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, उप प्रमुख रीता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, सञ्चारीका समुह नेपाल लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष पार्वती पाण्डे, वडा नं. ४ का वडाध्यक्ष छवि रेश्मी मगर, नागरिक समाज कपिलवस्तुका जिल्ला अध्यक्ष दोलख बहादुर पछांईले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै खेलकुदले स्वस्थ हुनुका साथै क्षमता विकास हुने बताउनुभयो ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचरी, सञ्चारीका समुह, विभिन्न सहकारी, विद्यालय तथा संघ संस्थाबाट महिला खेलाडीहरुले प्रतिनिधित्व गरेका थिए ।
जम्मा १६ टिमको सहभागीता रहेको उक्त नगर स्तरीय खुला महिला ब्याडमिन्टन प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । जसमध्ये ८ टिम क्वाटरफाईनल प्रवेश गरेका छन् । भोलि फाईनल हुने समुहका उपाध्यक्ष कोपिला पोख्रेलले जानकारी दिनुभयो ।
सञ्चारीका समुह नेपाल कपिलवस्तु शाखा अध्यक्ष पार्वती आचार्यको अध्यक्षता, सचिव शेरीफ केसीको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।