त्रिदेशीय क्रिकेट शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दै

[sharethis-inline-buttons]

लुदअ फागुन ६, काठमाण्डौ
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले आज नामिबियासँग खेल्दैछ ।

खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । हिजो भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् ।

नेपाल २६ खेलमा १० मा जित र १४ मा हारसहित २२ अङ्कका साथ छैटौँ स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । स्कटल्यान्ड ३४ खेलमा ४८ अङ्कसहित शीर्ष स्थानमा छ । सात वटा देश सहभागी लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एक दिवसीय मान्यता जोगिने छ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ ।

नेपालले यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।

 


प्रकाशित : २०७९ फाल्गुन ६, शनिबार ०७:१०