छैंठौं रबि–किरण स्मृति कपमा प्रथम स्थानको उपाधि हिलबर्टलाई

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
छंैठौं रबि–किरण स्मृति कप बि लेभल भलिवल प्रतियोगितामा हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ । जनआस्था पृथ्वी क्लब द्वारा आयोजित छैठो रबि– किरण स्मृति कपमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ पिपरा स्थित हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलले जित हात पारेको हो ।

कमल क्षेत्रीको कप्तानीमा रहेको उक्त टिमले उत्कृष्ट खेल प्रस्तुत गरेको थियो ।

प्रथम स्थानको उपाधि पाएसंगै हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलका प्रबन्ध निर्देशक बुद्धि पौडेलले सम्पुर्ण खेलाडी, टिम कोच लगातय सम्पुर्णलाई हार्दिक बधाई व्यक्त गर्नुभएको छ । उहाँले हिलबर्ट ईङ्गलीश बोर्डिङ्ग स्कुलमा अध्यापनसंगै अतिरिक्त क्रियाकलापहरु निरन्तर सञ्चालन गरिएकोले यो परिणाम आएको बताउनुभयो ।


प्रकाशित : २०७९ फाल्गुन ८, सोमबार ०७:१७