हिमालयन लघुवित्त कोल्हुवा शाखाद्धारा मृतक परिवारलाई बीमा रकम हस्तान्त्रण

[sharethis-inline-buttons]

फम नारायण काफ्ले, कपिलवस्तु
हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय कोल्हुवा नवलपरासीले बीमा वापतको रकम हस्तान्त्रण गरेको छ । संस्थामा आवद्ध केन्द्र नं. ०७९ का सदस्य दिलमाया महतका श्रीमान नन्दलाल महतोको निधन भएसंगै संस्थाले बीमा वापतको रकमको चेक हस्तान्त्रण गरेको हो ।

महतो परिवारले रु १ लाख कर्जा लिएको उक्त कर्जाको बीमा वापतको रकम फिर्ता गरिएको हो । रु १ लाख कर्जा लिएकोमा प्रिमियम गरे वापत काजक्रिया खर्च वापत २५ हजार गरि रु १ लाख २५ हजारको चेक उक्त शाखा प्रमुख हेमराज बस्नेत, कर्मचारी बिष्णु कुमारी थनेत, कावासोती नगरपालिका वडा नं. ११ का वडाध्यक्ष शारदा प्रसाद अधिकारीको रोहवरमा हस्तान्त्रण गरिएको हो ।

हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेडका देशैभर ७५ वटा शाखा कार्यालयबाट ग्रामिण भेगका स्थानीयहरुको आर्थिक स्तर उकास्न मदत गरिरहेको छ ।


प्रकाशित : २०८० भाद्र ६, बुधबार १५:२३