काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । नाबालिग बलात्कारको कसुरमा क्रिकेटर लामिछानेविरुद्ध २०७९ कात्तिक १४ गते अदालतमा मुद्दा परेको थियो ।
काठमाडौँ जिल्ला अदालतमा जारी मुद्दामा आइतबार अन्तिम सुनुवाइ दावी गरिएको छ । न्यायाधीश पण्डित रहेको इजलास नम्बर १५ मा लामिछानेको मुद्दा पेसीमा चढेको छ भने उनको मुद्दा पेसी सूचीको पाचौँ नम्बरमा परेको छ ।