थानेश्वर अधिकारी ।
कपिलवस्तुमा होटल तथा रेष्टुरेष्ट ब्यवसायमा सुबिधा र लगानी थपिदै गएको छ । आन्तरीक तथा बाह्य पर्यटकको आगमन सँगै पाहुनालाई स्तरीय सेवा प्रदान गर्न नयाँ रेष्टुरेन्ट खोल्ने क्रम बढेको हो ।
यसैक्रममा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं ८ चप्परगाउँमा सोमबार देखि नयाँ रेष्टुरेन्ट एल्लो चिल्ली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । कपिलवस्तुको बुद्धभुमि नगरपालिका वडा नं ९ इमिलियामा करिव ७ बर्ष देखी एल्लो चिल्ली रेष्टुरेन्ट संचालन गर्दै आएका मधुसुधन भण्डारीले चप्परगाउँमा सुबिधा सम्पन्न रेष्टुरेन्ट स्थापना गरेका छन् । तालीम हल र पार्कीङ सहितको सुबिधा रहेको सो रेष्टुरेन्टमा नेपाली खाना, चिकन तथा खसीको सेकुवा, भुटन, म.म.,चाउमिन,अनार, किवी, अंगुर, सुन्तला, स्याउ, गाँजर, सहितका फलफूलको सलाद पाउन सकिन्छ ।
मासुदेखि माछासम्मका लोभ लाग्दा र जिब्रो रसाउने परिकारहरु पाइने संचालक भण्डारीले बताए । पुर्व पश्चिम राजमार्ग स्थित चप्परगाउँमा अवस्थित सो रेष्टुरेन्टले ग्राहकको माग र चाहनालाई लाई मध्यनगर गर्दे सेवा उपलब्ध गराउने संचालिका सरिता भण्डारीले बताइन् ।