रोयल पिपरालाइ पछि पार्दै कपिलवस्तु जेसीज विजयी

[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
वडा स्तरीय युवा क्लब पिपराको आयोजनामा भएको फुटबल प्रतियोगितामा कपिलवस्तु जेसीज बिजयी भएको छ । रोयल पिपरा र कपिलवस्तु जेसीज बिच भएको फाइनल खेलमा रोयल पिपरालाइ २र१ गोलले पछि पार्दै कपिलवस्तु जेसीज विजयी भएको हो ।

यहि भाद्र २८ गतेबाट सुरु भएको खेलमा नौ वटा टिमको सहभागीता रहेको थियो । फाइभ ए साइड ३० वर्ष भन्दा माथिका भेट्रान्सहरुको सहभागिता रहेको खेल ३ दिनसम्म चलेको थियो । लायन्स क्लब कपिलवस्तुलाई हराउँदै फाइनलमा प्रवेश गरेको जेसीजले प्रोफेसनल खेलाडिहरुको टिम रहेको रोयल पिपरालाइ समेत हराउँदै प्रथम स्थान हासिल गरेको कपिलवस्तु जेसीज वर्ष २०२३ का तालिम संयोजक जेसी जनक बेल्बासेले जानकारी दिनु भयो ।

प्रथम र द्वितीय स्थान हासिल गरेका कपिलवस्तु जेसीज र रोयल पिपराले नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् । प्रतियोगिता निकै रोचक रहेको दर्शकहरुले जानकारी दिएका छन् ।

कपिलवस्तु जेसीज समाजका हरेक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल एउटा सामाजिक संस्था हो ।


प्रकाशित : २०८० भाद्र ३१, आईतवार ०९:०५