लुदस,पकडी ।
छाडा पशु चौपाया व्यवस्थापनमा स्थानिय सरकारले बेवास्ता गरेको भन्दै आज मायादेवी गाउँपालिका,पकडीको कार्यालयमा स्थानियहरुले ताला लगाएका छन् ।स्थानियहरुले गाउँपालिकामा छाडा चौपाया व्यवस्थापनका लागी पटक पटक आग्रह गरेपनी पालिकाले कुनै सक्रियता नदेखाएपछी बाध्य भएर पालिकामा तालाबन्दी गर्नु परेको स्थानिय चन्द्र यादवले बताए ।
खुलारुपमा पशु चौपायाका कारण दुर्घटनाको जोखिम समेत त्यतिकै बढिरहेको छ । बिशेषतः रातको समयमा सवारी दुर्घटनाको मुख्य कारण नै छाडा चौपाया बन्दै गएको छ । यस्ले किसानको खेतीबाली सखाप पार्नुका साथै ठुलो जनधनको समेत क्षति भइरहेका छन् ।
आज स्थानियहरुले छाडा पशु चौपाया लगेर गाउँपालिकाको कार्यालय भित्र लगेर बाहिरबाट बाँस र काठको बार लगाएका छन् । जसका कारण कार्यालय नखुल्दा नसक्दा सेवाग्राहीहरुका काम समेत प्रभावित भएको छ ।
जिल्लाका केहि स्थानीय तहले सडकमा देखिने छाडा चौपायाको व्यवस्थापन गर्न पहल गर्ने, कान्जीहाउस निर्माण गर्ने योजना वनाएपनि सो को प्रभावकारी कार्यान्वन हुन सकेको छैन ।