थानेश्वर अधिकारी ।
राष्ट्रिय संगीतकर्मी संघ, सल्यान जिल्लाको दोस्रो अधिवेशनबाट अध्यक्षमा चूडामणि पुनःनिर्वाचित भएका छन् । बुधबार सम्पन्न अधिबेशनबाट पुनको अध्यक्षमा २५ सदस्सिय नयाँ कार्य समिति गरिएको हो । जसको वरिष्ठ उपाध्यक्ष हुकुम शाही,प्रथम उपाध्यक्ष तारा गिरी,उपाध्यक्षमा कुल सिंह वि.क., दीप सागर भण्डारी,महिला उपाध्यक्षमा ओमसरा घर्ती, सचिवमा पुनम घर्ती सह सचिवमा खिमा बोहोरा,कोसाध्यक्षमा कमल बुढामगर र सह कोषाध्यक्ष कल्पना डाँगी रहेकी छन् यसै गरी सदस्यहरुमा सृजना गिरी, आशिष डि.सी., शंकर बुढा, पवित्र रावल, सिम्रन आर सी, यमुना बुढा,प्रकाश वि.क., राजु पुन, प्रेम चलाउने हरेका छन् । सो अधिबेशनबाट ७ सदस्सिय सल्लाहकार समिति गठन गरिएको छ । जसमा यदु सिंह बुढा, प्रकाश भण्डारी, सचेत शाही, वामदेव अधिकारी, शंकर के.सी., शेर बहादुर पुन र खडग शाही रहेका छन् ।
कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघ सल्यानका अध्यक्ष कुल बहादुर ओलीको अध्यक्षता र कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनः र राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष प्रकाश कटुवाल र कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीको विशिष्ठ आथित्यतामा कपुरकोटमा सम्पन्न भएको छ। अधिवेशनमा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय सदस्यहरु रवीन्द्र रिमाल, सरोज सिम्खडा, सुमी खडका, राष्ट्रिय संगीतकर्मी संघ काभ्रे जिल्ला महिला उपाध्यक्ष अस्मिता खनाल,कलाकार विष्णु सुनार र शुसिला थापामगर, वार्ड अध्यक्षहरु समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।



















