लुदअ,बुटवल ।
वेब नेटवर्क प्रा.लि. बुटवलको आठौ वार्षिक उत्सवकोअवसर पारेर आज तिलोत्तमा नगरपालिका वडा नं ४ मा रहेको मानव सेवा आश्रम बुटवलमा खाद्यान्न बितरण गरिएको छ ।
बिगत ८ बर्ष देखी आम जनतालाई ईन्टरनेट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीले हरेक वार्षिक उत्सवको अवसरमा असहाय, अनाथ र बिपन्न परिवारलाई खाद्यान्न सहयोग गर्दै आएको संचालक उदय पोख्रेलले बताए ।
सो खाद्यान्न समाग्री आश्रम संरक्षक शेरबहादुर गौतम छेत्री लाई हस्तान्तरण गरिएको पोख्रेलले बताए । कार्यक्रम वेब नेटवर्क प्रा.लि. कार्यकारी प्रमुख कृष्ण बहादुर पुनःको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालक क्षितिज श्रेष्ठ ,उदय पोख्रेल ,नरेश पुन ,नरेन्द्र सिंह ,दिपेन्द्र पौडेलको सहभागिता रहेको थियो । सो कार्यक्रमको संचालन बिनिता बिश्वकर्माले गरेकी थिइन् ।




















