
थानेश्वर अधिकारी ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान मकवानपुरको जिल्ला तदर्थ समितिको अध्यक्षमा रुक्मिणी सुवेदी (अनिता) चयन हुनुभएको छ । आज सम्पन्न भेलाबाट सुवेदीको अध्यक्षतामा ३१ सदस्सिय तदर्थ समिति चयन गरिएको हो ।
जसको उपाध्यक्षमा टन्क प्रसाद न्यौपाने र नानिराम दुलाल,महासचिवमा सुबास कडेल,सचिबमा प्रतीक्षा ढकाल कोषाध्यक्षमा श्रीदेबी ढकाल,सह कोषाध्यक्षमाहिरा तिमल्सिना सदस्यहरुमा बिष्णु कार्की,लिलानाथ अमगाइँ,केदारनाथ ढुङ्गाना,सावित्री ढकाल ।,लक्ष्मी कंडेल,नबिना खड्का,रामचन्द्र अर्याल,बालचन्द्र दुलाल,भक्त बहादुर फुयाल,चुडामणी पुडासैनी,खिलानाथ फुयाल,गंगा न्यौपाने ,दिमाया ढुङ्गेल,तुलसी पाठक,मैयाँ ढकाल ,देउतिमाया लम्साल,सावित्री अर्याल,काजिबाबु सापकोटा त्यसैगरी,खगेन्द्र लम्साल,अश्विन कुमार चौलागाईं ,भगवती दाहाल ,प्रेम दाहाल ,दिलमाया गौतम रहनु भएको छ यसै गरी प्रतिष्ठान मकवानपुरको प्रमुख संरक्षकमा नारायण रेग्मी र सदस्यमा बबिता ढकाल रहनु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रिय सचिबालय सदस्य एबम बाग्मती प्रदेश इन्चार्ज नवीन पौडेलले धर्म संस्कृतीको परिपुरकमा रुपमा रहेको लोकभजन हाम्रा परापुर्व काल देखी नै गाउँदै आएको हुनाले त्यसको संरक्षण एवम् पुस्तान्तरण गर्दे जानुपर्ने बताउनु भएको छ । कार्यक्रममा करिव २ सय जनाको उपस्थितीमा खैंजडी मजुरा र भजन सहितको व्यापक झाँकी प्रस्तुती गरिएको थियो । कार्यक्रम हेटौंडा उपमहानगर पालिकाको रुद्रेश्वर मन्दिर प्राङ्गण सम्पन्न भएको थियो ।