ताजा अपडेट

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अमृते सामुदायिक वनको १४औँ वार्षिक साधारण सभा सम्पन्न

Lumbini Darpan 1 २०८० आश्विन २५, बिहीबार ११:२४
[sharethis-inline-buttons]

लुदअ,जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्तापुरस्थित अमृते सामुदायिक वन उपभोक्ता समूहको १४ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । वडा नम्बर ९ भर्तापुरमा आयोजना गरिएको साधारणसभा कार्यक्रममा अमृते सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८०/०८१ का लागि ४३ बुँदे नीति तथा कार्यक्रम र सोही नीति तथा कार्यक्रममा अधारित तीन करोड बढीको बजेट समेत सार्वजनिक गरेको छ । सामुदायिक वनका अध्यक्ष योगेन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ का लागि ३ करोड २९ लाखको अनुमानित बजेट साधारणसभा कार्यक्रममा पेश गर्नुभएको छ ।

उनले उक्त बजेट पेश गर्दै सामुदायिक वन विकासका लागि ७ लाख ७५ हजार, वन संरक्षणका लागि २५ लाख ७० हजार, गरिबी न्यूनीकरणका लागि ५५ लाख ८० हजारको बजेट सभामा पेश गर्नुभयो । यस्तै स्थानीय तहसँग लागत साझेदारीमा सामाजिक विकास पूर्वाधार निर्माणका लागि सामुदायिक वनले २० लाख बजेट पेश गरेको छ । यस्तै सम्पन्न साधारणसभामा अमृते सामुदायिक वनका कोषाध्यक्ष सीता शर्माले आर्थिक वर्ष २०७९/०८० मा २ करोड १२ लाख ३२८ रुपैँया ९ पैसा बराबरको वनको अर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।

यस्तै वनका लेखा समितिका संयोजक विनोद पुनले वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनले गएको एक आथिक वर्षमा वनको दिगो व्यवस्थापन, समुदायको हितका लाग वर्तमान वन कार्यसमिति, उपसमिति, विभिन्न उपसमितिका संयोजक तथा अगुवाहरुले आफ्नो कर्तव्य पुरा गरी जिम्मेवारीमा खटिएको उल्लेख गर्दै सामुदायिक वनको आम्दानी र खर्च अभिलेख सरल, स्पष्ट र पारदशिी ढंगले राखेको प्रतिवेदनमा उल्लेख गरेका थिए । कार्यक्रममा समूहका सचिव मिना सिंजापतीले वनको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिईन ।

कार्यक्रममा सव डिभिजन वन कार्यालय गोरुसिँगेका सहायक वन अधिकृति बसन्त थापाले भलवाडका सामुदायिक वनहरुमा वन डढेलो र यसको असर न्यूनीकरण गर्नका लागि सामुदायिक वन कार्यसमितिले अझै प्रभावकारी ढंगबाट योजना निर्माण गरी काम गर्नुपर्ने बताएका थिए । उनले यहाँका उत्तरी क्षेत्रका सामुदायिक वनहरु चुरे क्षेत्रको फेँदीमा रहेकाले डढेलोको जोखिम उच्च रहने र गत २ वर्षको तथ्याङ्कलाई हेर्दा भलवाडमा साहरा सामुदायिक वन र खुतखुते सामुदायिक वन डढेलोबाट बढी प्रभावित भएको पाइएकाले यस्को न्यूनीकरण गर्न सचेतना कार्यक्रममा जोड दिनुपर्ने बताए ।

यस्तै उहाँले वनका गतिविधिले समुदायको विकास र यहाँका नागरिकहरुको जीवनस्तर उकास्नका लागि महत्वपूर्ण काम गरिरहेको पनि बताएका थिए । यस्तै कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले सामुदायिक वनले बनाउने वार्षिक योजना तथा कार्यक्रम र वडाका तर्फबाट बनाइने योजनामा तालमेल मिलाउन जरुरी रहेको बताएका थिए । उनले यहाँका सामुदायिक वनहरुले कृषि क्षेत्रको विकासका लागि सिँचाई नहर तथा कुलो निर्माण, उज्यालो गाउँ निर्माण, सडक विस्तार तथा स्तरोन्‍नतिका क्षेत्रमा राम्रो काम गरिरहेको भन्दै शिक्षा स्वास्थ्य र उत्पादनका कार्यक्रममा वडाका तर्फबाट पनि कार्यक्रम रहेकाले ती योजनालाई सामुदायिक वनहरुसँगको आपसी छलफल र सहकार्यका साथ अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अमृते सामुदायिक वनका सल्लाहाकरद्वय हरिराज घिमिरे, नारायण खनाल, वनका पूर्व अध्यक्ष गोपाल गिरी, कोइली चौर साना किसान सामुदायिक वनका अध्यक्ष कुन्तामणी भुषाल, भलवाड स्वास्थ्य चौकी प्रमुख जितविकास रायमाझी, वनका संस्थापक अध्यक्ष हरिबहदुर खनाल, पत्रकार राजेन्द्र खनाल लगयतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा वडा नम्बर ९ का पूर्व वडा अध्यक्ष तथा कोटिहवा सामुदायिक वनका अध्यक्ष धुव्र बेलवासे, खुतखुते सामुदायिक वनका अध्यक्ष भिमबहादुर पुन, वैज्ञानिक वन महासंघका केन्द्रिय सदस्य नारायण पौडेल, वनका पूर्व कार्यसमितिका पदाधिकारी, पत्रकार लागयतको अतिथ्यतासहित समूहका उपाध्यक्ष मिरा पौडेलको स्वागत र सचिव मिना सिँजापतिको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

अमृते समुदायिक वन ३२६ दशमलव ३७ हेक्टर क्षेत्रफलमा फैलिएको कपिवस्तुको नमुना सामुदायिक वनको रुपमा रहेको छ भने यस वनमा हाल १ हजार४ सय २७ जनसंख्या सदस्य आबद्ध रहेका छन् । यस्तै सामुदायिक वनले स्थानीय प्रयास, समाजिक युवा क्लवका लागि खेलकूदका सामग्री सहयोग प्रदान गरेको छ भने भर्तापुर आधाारभूत विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरेको छ ।

यस्तै वन उपभोक्ता समूह भित्रका ५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।


प्रकाशित : २०८० आश्विन २५, बिहीबार ११:२४

Lumbini Darpan 1

लेखकबाट थप

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै
  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी
  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह
  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै
  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित
प्रतिक्रिया

यो पनि पढौँ

एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

कपिलवस्तु क्षेत्र नंं. १ मा एमालेलाई जिताउन अनेमसंघ एकजुट

जनताका आधारभुत आवश्यकता सदनमा लैजाने उद्देश्यका साथ उम्मेद्वारी : बिश्राम प्रसाद चौधरी

८ विमानस्थलसहित २९ स्थानमा सेनाले थाल्यो ड्युटी, अझै ५३ स्थानमा खटिने

प्रतिनिधिसभा चुनावका लागि ८८ वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

लक्ष्मणघाट बोलबम धामको महिमा भजनमा कैद

प्रेस चौतारी कपिलवस्तुकाे मानवीय सेवा : ३१ प्वाइन्ट रगत संकलन

महाराजगन्ज नगरपालिकामा राजमोको ३१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

भर्खरै

  • टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

  • ६६ जिल्लाको मतपत्र छपाई सम्पन्न, १२ वटा जिल्लामा ढुवानी

  • कपिलवस्तुका पालिका मध्ये बाणगंगा नगरपालिका कार्यसम्पादनमा पहिलो

  • एकजुट भएर निर्वाचनमा लाग्न सुनारको आग्रह

  • मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै

  • पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा परियार सकिना निष्काशित

  • टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

  • दक्षिणदेखि उत्तरसम्म जिपको उस्तै रप्तार,शर्मालाई कांग्रेस क्षेत्रको साथले बदलिदै चुनावी समिकरण

  • ६७४३ वटा वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

  • सोमाली यात्रुवाहक विमान समुद्री किनारमा अवतरण : सबै ५५ जना सकुशल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech