
कपिलवस्तु । धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पकडीले आफ्ना सदस्य लाई जिविकोपार्जनका लागी सहयोग गर्ने उद्देश्य अनुरुप बिउ बितरण गरेको छ ।
संस्थाले आ.व.२०८०।०८१ मा सामाजिक उत्तर दायित्व कार्यक्रम अन्तर्गत आफ्ना सदस्यहरुका लागि नासिक एन-५३(Nashik N-53) जातको प्याजको बिउ र मुला को बिउ धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पकडीद्धारा सञ्चालित केन्द्र नम्बर ३०४१ मा आवद्ध सदस्य संख्या अनुसार सामुहिक रुपमा बिउविजन वितरण गरिएको पकडी शाखा प्रमुख सरिता थारुले बताइन् ।
अघिल्ला बर्षहरुमा पनी सदस्यहरुलाई उत्पादनमा जोड्ने उद्देश्य अनुरुप बिउ बिजन उपलब्ध गराउदै आएको कनिष्ट सहायक जित बहादुर ठाकुरले बताए ।

