
नगेन्द्र केसी शुद्धोधन रुपन्देही
रुपन्देहीको शुद्धोधन गाउँपालिका २ भुजौली अवस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडको १९औं स्थापना दिवसको अवसरमा आफ्नो सेयर सदस्य हरु लाई सम्मान,निःशुल्क दन्त शिविर,महिलाहरूलाई पाठेघर सम्बन्धि निःशुल्क औषधि वितरण तथा स्वास्थ्य शिविर लगायत विभिन्न कार्यक्रम गरि शनिबार कार्यालयको सभाहलमा एक समारोहबीच सम्पन्न भएको छ।
साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष धन कुमारी बरालको अध्यक्षतामा र शुद्धोधन गाउँपालिका उपाध्यक्ष तथा साना किसान कृषि सहकारीको संस्थापक अध्यक्ष शान्तादेवी ज्ञवालीको प्रमुख आतिथ्यतामा १९औं स्थापना दिवस कार्यक्रमको प्रमुख अतिथि शान्तादेवी ज्ञवालीले पानशमा दिप प्रजोलन गरि उद्घाटन गर्नुभएको थियो।सो कार्यक्रममा प्रमुख अतिथि शान्तादेवी ज्ञवालीले यस सहकारीको १९औं स्थापना दिवसमा विभिन्न कार्यक्रम मनाउँदै गर्दा शुभकामना दिदै संस्थामा महिला हरुको मात्रै संस्थाले शुद्धोधन गाउँपालिकामा धेरै प्रगतिको उच्च स्थानमा रहेको सहकारीले आफ्नो स्थापना दिवसमा महिलाहरूको हितमा रही निःशुल्क पाठेघर सम्बन्धि स्वास्थ्य शिविर र दन्त शिविर कार्यक्रम गरेकोमा धन्यवाद दिनुभयो।उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष,लेखा संयोजक,सेयर सदस्यहरु लाई सम्मानित गरिएको थियो।
स्वास्थ्य शिविरमा नेपाल परिवार नियोजनका संघ बुटवल बाट महिलाहरूको लागि पाठेघर सम्बन्धि स्वास्थ्य शिविर आले डेंटल अस्पताल प्रा,लि,बुटवलले स्वास्थ्य शिविरमा सहजिकरण गरेको थियो।सो साना किसानको १९औं स्थापना दिवस कार्यक्रममा साना किसान कृषि सहकारी सेमलारका निवर्तमान अध्यक्ष बालकृष्ण शर्मा,नेपाल परिवार नियोजनका संघ बुटवलका डाक्टर विष्णु गुरुङ,समाजसेवी नारायण प्रसाद घिमिरे,संस्थाका निवर्तमान लेखा संयोजक सीता शर्मा सापकोटा,साना किसान कृषि सहकारी सेमलारका अध्यक्ष गोपाल पौडेल लगायतले सहकारीले एक दिने स्वास्थ्य शिविर संचालन गरेकोमा धन्यवाद तथा शुभकामना मन्तव्य दिनुभएको थियो।संस्थाका उपाध्यक्ष विष्णु खत्रीको स्वागतमा र संस्थाका प्रबन्धक नेत्रकुमारी सुवेदीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।