धौलागिरी लघुबित्त मन्झरियाले गर्यो बित्तिय साक्षरता कार्यक्रम

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी । धौलागिरी लघुबित्त बित्तीय संस्था लिमिटेड मन्झरिया शाखाको आयोजनामा शनिवार केन्द्र गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम मन्झरियामा सम्पन्न भएको छ ।

धौलागिरी लघुबित्तमा आवद्ध सदस्यहरुलाई बित्तीय सचेतना जगाउने उद्देश्य अनुरुप सो कार्यक्रम आयोजना गरिएको मन्झरिया शाखा प्रमुख राजेश चौधरीले बताए ।

कार्यक्रममा धौलागिरी लघुबित्तको परिचय,बित्तीय साक्षरताका बिषयमा सहजीकरण तथा सदस्यहरुबाट आएको जिज्ञासा सम्बोधन, हालको बित्तिय अवस्था, समस्या र समाधान को उपायका बारेमा केन्द्रिय कार्यालयका मीन प्रसाद जोसीले सहजीकरण गरेका थिए । सफल शाखाको सफल सदस्यहरुको गरेका कामहरुको बारेमा अनुगमन अधिकृत श्री टंका प्रसाद ढकालले सहजीकरण गरेका थिए ।
कार्यक्रम अङ्गिरा कुमारी चौधरीको अध्यक्षता, मीन प्रसाद जोशीको प्रमुख आतिथ्यता, अनुगमन अधिकृत टंक प्रसाद ढकालको आतिथ्यता र सृष्टि चौधरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन मन्झरिया शाखा प्रमुख राजेश चौधरीले गरेका थिए । कार्यक्रममा ६० जना सदस्यहरुको सहभागिता रहेको थियो ।


प्रकाशित : २०८० मंसिर २५, सोमबार ०८:१८